निम्न स्तरीय सामग्रीहरू प्रयोग गरेको आरोप लगाउँदै सडक निर्माणको काम बन्द गरिदिए व्यवसायीहरूले

सिलगढी : निम्न स्तरीय समानहरू प्रयोग गरेर सडक निर्माणको काम चलिरहेको अभियोग लगाउँदै स्थानीय मानिसहरूले निर्माण कार्य बन्द गरिदिएको छ। सिलगढी नगरनिगमको 33 नम्बर वार्डको गेटबजार नजिक माछा बजारको गल्लीमा सडक निर्माणको काम चलिरहेको छ। उक्त सडक निर्माण कार्यमा निम्न स्तरीय समानहरू प्रयोग गरिरहेको आरोप लगाउँदै आज स्थानीय व्यवसायीहरूले निर्माण कार्य बन्द गरिदिएको छ। तिनीहरूको अरोप अनुसार सडक निर्माण कार्यको ठेका लिएका ठेकेदारहरूले नकली सिमेन्ट लगायत निम्न स्तरीय सामग्रीहरू प्रयोग गरेर सडक निर्माण गरिरहेको छ। चाँडै सटीक रूपमा निर्माण कार्य शुरू गर्ने व्यवसायीहरूले माग गरेका छन्। अर्कोतिर, यी सबै आरोपहरू झुटो रहेको ठेकेदारहरूले दावी गर्दै सबै कार्य नियमअनुसार गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.