नक्सलबारी : नक्सलबारीको नवकान्त जोत इलाकामा घटिया क्वालिटीको सामान प्रयोग गरेर सड़क निर्माण गरेको अभियोग उठेको छ। इलाकावासीहरूको आरोप अनुसार बारम्बार अवगत गराए तापनि सड़क निर्माण कार्य ठिकसँगले भएको छैन। सड़कमा आवत-जावत गर्दा त्यहाँ बिछ्याएको पिच तथा बलुवाको एउटा भाग निस्किरहेको छ। यसबारे नक्सलबारी मुखियालाई पनि अवगत गराइसकेको छ। अभियोग पाएपछि नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरोले घटनास्थलको निरीक्षण गरिने बताइन्।
