निमता घटनाको विरोधमा भाजपा महिला मोर्चाले सिलगढीमा उठायो आवाज

सिलगढी : भारतीय जनता महिला मोर्चाले नारी उत्पीड़न र नारीको अपमान रोक्नको लागि मानव शृङ्खला बनाएर सड़कमा ओर्लिएको छ। उत्तर दमदम विधानसभा क्षेत्रका निमता निवासी शोभारानी मजुमदारको मृत्युलाई लिएर आज भारतीय जनता महिला मोर्चाले सिलगढीको हाशमी चोकमा मानव शृङ्खला बनाएर आवाज उठाएको छ।


तृणमूल कङ्ग्रेसका दृष्कृतिहरूले निमता निवासी गोपाल मजुमदार र तिनकी आमा शोभारानी मजुमदारमाथि हमला गरेपछि तिनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो भने अस्पतालमा उपचार अवधि हिजो शोभारानीको मृत्यु भएको आरोप रहेको छ। आज उक्त घटनाको प्रतिवाद जनाउँदै महिलाहरूको सुरक्षाको मागमा भाजपा महिला मोर्चा सड़कमा ओर्लिएको बताइएको छ। राज्यकी मुख्यमन्त्री स्वयम् महिला भए तापनि राज्यमा नारी उत्पीड़नको घटनाहरूमा कमी आएको छैन भनी तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *