निमतीमा पिकअप भ्यान पल्टिँदा 30 जना घाइते

कालचिनी : कालचिनी ब्लकको निमती इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्गमा पिकअप भ्यान पल्टिँदा 30 जना घाइते भएका छन् भने घाइतेहरूमा 4 जना शिशु सामेल छन्। प्राप्त जानकारीअनुसार एउटा पिकअप भ्यानमा सवार भएर 30 जना मानिसहरू आज निमतीबाट वीरपाडामा आयोजित आदिवासी सम्प्रदायको सरहुल पुजा सामूहिक विवाहमा अंश ग्रहण गर्न गइरहेको समय निमती कालजनी पुल अघि पिकअप भ्यान अनियन्त्रित भएर पल्टिएको बताइएको छ। घटनामा सबैलाई सामान्य चोट लागेको छ भने 4 जनाको अवस्था आशंकाजनक रहेको थाहा लागेको छ। घटनापछि स्थानीय मानिसहरू तथा पुलिसको सहयोगमा सबैलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *