निङ्ममा लेप्चाले समाते गोजमुमो विनय खेमाको झण्डा

मिरिक : मिरिक नगरपालिका वार्ड नम्बर तीनका निङ्ममा लेप्चा आज गोजमुमो विनय खेमामा सामेल भएका छन्। गोजमुमो महासचिव एवम् जीटीए चेयरम्यान अनित थापाले आज निङ्ममा लेप्चालाई सिलगढीको पिन्टेल भिलेजमा दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा गोजमुमो मिरिक महकुमा अध्यक्ष समीर राई, सियोक गोपालधारा ओेकाइटी समष्टि अध्यक्ष अमित याखा देवान, सचिव प्रविन राई, युवा नेता कृष्ण प्रधान, योगेन्द्र मणि प्रधान आदि उपस्थित थिए। निङमा लेप्चा गत मिरिक नगरपालिका चुनाउमा निर्दल पार्टीको रूपमा उठेका थिए। यस अवसरमा तिनले अब उसो गोजमुमो विनय खेमामा सक्रिय बन्ने प्रतिबद्धता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *