निरज जिम्बाको डान्सबारे गोजमुमोको प्रतिक्रिया

दार्जिलिङ : दार्जिलिङमा सम्पन्न भएको राष्ट्रिय सांस्कृति महोत्सव 2021-को अन्तिम दिन दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले इस्टेजमा गरेको नृत्य हाल सोशल मिडियामा निक्कै भाइरल बनेपछि यसबारे गोजमुमो बिमल खेमाले प्रतिक्रिया व्यक्त गरेको छ। गोजमुमो बिमल खेमाका प्रवक्ता बिनिता रोकाले यसबारे प्रतिक्रिया दिँदै भनिन्, “दार्जिलिङका एकजना विधायक पदमा बसेको मान्छेले यसरी नाँच्नु शर्मनाक कुरा हो। पहिला बिमल गुरुङको खुट्टा ढोकेर तिनी विधायक बने भने यसपल्ट भाजपाबाट टिकट हत्याउने कोशिशमा जिम्बा नाँचेको हो।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *