निर्भया काण्ड : आरोपीहरूको फाँसीको सजाय स्थगित

नयाँ दिल्ली: निर्भया काण्डका चारैजना आरोपीलाई भोली शनिवार बिहान फाँसीमा नझुण्डाइने भएको छ। पटियाला हाउस कोर्टले आरोपीहरूको फाँसीको सजाय केही समयको लागि स्थगित गरिदिएको छ। कोर्टले आगामी आदेश नआएसम्मको लागि फाँसीको सजायमा रोक लगाएको बताइएको छ। दोषीहरूको फाँसीको सजायमा रोक लागेको यो दोस्रो पल्ट हो। यसभन्दा अघि दुष्कर्मको आरोपीहरूलाई गत 22 जनवरीको बिहान 7 बजे फाँसी दिइने तय गरिएको थियो यसपछि भोली 1 फरवरीको दिन फाँसी दिइने भएको थियो। स्मरण रहोस,16 दिसम्बर 2012 मा 6 जना आरोपीले 23 वर्षीय महिलासित कुददै गरेको बसमा सामुहिक दुष्कर्म अनि त्यसपछि कुटपिट गर्नाले पछि तिनको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.