निर्भया सामुहिक दुष्कर्म: आरोपीहरूलाई 22 जनवरी फाँसीमा झुण्ड्याइने

नयाँ दिल्ली: निर्भया सामुहिक दुष्कर्म-को मामिलामा पटियाला हाउस कोर्टले आज आरोपीहरूलाई डेथ वारन्ट जारी गरेको छ। आगामी 22 जनवरी बिहान 7 बजे घटनामा संलग्न चारैजना आरोपीलाई फाँसीमा झण्ड्याइने भएको छ। स्मरण रहोस, विगत 16 दिसम्बर 2012 को दिन निर्भयालाई सामुहिक दुष्कर्म गरेपछि तिनको हत्या गरिएको थियो। दिल्लीको पटियाला हाउस अदालतले मंगलवार उक्त सामुहिक दुष्कर्म अनि हत्यामा सङ्लग्न रहेका चारैजना दोषीहरू अक्षय, मुकेश, विनय र पवनलाई फाँसीको सजाय सुनाएको छ। सुनवाई अवधि फाँसीको सजाय अनि यसको लागि मिति आगामी 22 जनवरीको दिन 7 बजे बिहान निश्चित तोकेपछि अदालत परिसरमा उपस्थित निर्भयाको आमा अनि दोषी मुकेशको आमा धुरूधुरू रोइन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *