निर्दल प्रार्थी यादव तामाङले भागोप्रमो-सित आफ्नो कुनै प्रकारको सम्बन्ध नरहेको गरे ठोकुवा

मिरिक (निसं): जोरबङ्गलो सुके पोखरी खण्ड अन्तर्गत पर्ने राङभाङ गोपालधारा ग्राम पञ्चायत संसद नम्बर 8/9 बाट निर्दल प्रार्थीको रूपमा नामाङ्कन दर्ता गर्ने यादव तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासित चुनाउमा आफ्नो कुनै प्रकारको साँठगाँठ नरहेको दाबी गरेका छन्। आज मिरिकमा पत्रकार सम्मेलन गरेर तिनले जनताको आवाज बनेर आफु लगभग 23 वर्ष पछि आगामी 8 जुलाईको दिन सम्पन्न हुने चुनाउमा निर्भिक भएर स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएको बताएका छन्। तिनले चुनाउमा विजय बनेपछि विशेष गरेर जनताको मूलभूत समस्याको समाधान गर्नको साथै सियोक अनि गोपालधारालाई लिएर अलग ग्राम पञ्चायत बनाउने, चियाकमानमा कार्यरत चिया श्रमिकहरूको हक र अधिकारको लागे लड्ने अनि जनताको विविध समस्या तथा अभावलाई समाधान गर्ने तिनले आफ्नो सोंच रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *