निर्दलीय उम्मेद्वार जेकब थापाद्वारा ‘हाम्रो पार्टी’-का प्रार्थी राकेश थापालाई समर्थन

दार्जिलिङ (निसं): दार्जिलिङ सोम तकभर समष्टि अन्तर्गत सोम चियाबारीका स्वतन्त्र उम्मेद्वार जेकब थापाले अब चुनाउ नलड्ने घोषणा गर्दै आफ्नो दलबल सहित हाम्रो पार्टी-का उम्मेद्वार राकेश थापालाई सहयोग गर्ने भएका छन्। हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसको नीजि बासस्थानमा भएको एउटा महत्व पूर्ण सभामा तकभर समष्टिका निर्दलीय उम्मेद्वार जेकब थापा सहित तिनका सहयोगीहरूले तकभर समष्टिका हाम्रो पार्टी उम्मेद्वार राकेश थापालाई समर्थन जनाउनको साथै आउँदो चुनाउमा तिनलाई सहयोग गर्ने निर्णय लिएका छन्।


सभामा निर्दलीय उम्मेद्वार जेकब थापाले हाम्रो पार्टी उम्मेद्वार राकेश थापालाई दिलोज्यान दिएर विजय तुलाउने वचन समते दिएका छन्। सभामा आफू निर्दलीय उम्मेद्वार रहेको हुँदाहुँदै आफू स्वयमको मत पनि हाम्रो पार्टी उम्मेद्वार राकेश थापालाई दिने वचन दिए। सभामा आफूसँग रहेका सबै मतदाताहरू साथै आफ्नो शुभ चिन्तकहरूलाई तिनले तकभर समष्टिको हाम्रो पार्टी उम्मेद्वार राकेश थापाको पक्षमा मतदान गर्ने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *