निर्दलीय उम्मेद्वार सुरज गुरुङद्वारा बिजनबारी बजारमा चुनाउ प्रचार

बिजनबारी: दार्जिलिङ विधानसभा समष्टि निर्दलीय उम्मेद्वार सुरज गुरुङ चुनाउ प्रचार गर्दै आज बिजनबारी बजार आइपुगे । आज तिनले बिजनबारी मोटर स्ट्यान्डमा एउटा चुनावी पथ सभालाई पनि सम्बोधन गरे। तिनले दार्जिलिङ पहाडमा राजनैतिक संस्कार परिवर्तनको लागि आफू अघि आएको बताए। जबसम्म झण्डाको राजनिती बन्द हुँदै तबसम्म गोर्खाहरुले उचित न्याय नपाउने तिनले ठोकुवा गरे। चुनावी सभालाई निरज थापा, सञ्जीव लामा आदिले पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *