निर्दलीय पञ्चायत सदस्य सहित 500 कार्यकर्ता तृणमूल काङ्ग्रेसमा सामेल

फूलबारी (निसं): निर्दलीय पञ्चायत सदस्य लगायत धेरै संख्यामा कार्यकर्ताहरू तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्। आइतबार राति फूलबारी 2 नम्बर ग्राम पञ्चायतको जटियाकाली इलाकामा एउटा समावेश कार्यक्रमको आयोजना गरियो। तृणमूल काङ्ग्रेसको डाबग्राम फूलबारी ब्लक अध्यक्ष देवाशीष प्रमाणिकको नेतृत्वमा निर्दलीय पञ्चायत सदस्य शपीउर रहमान लगायत लगभग 500 जना मानिसहरू तृणमूल काङ्ग्रेसमा सामेल भए। यस सम्बन्धमा तृणमूल काङ्ग्रेसको डाबग्राम फूलबारी ब्लक अध्यक्ष देवाशीष प्रमाणिकले भने, गत पञ्चायत चुनाउमा टिकट नपाएपछि हाम्रो पार्टीका कार्यकर्ताहरूले निर्दलीय उम्मेदवारको रूपमा चुनाउ लडेर जीत हासिल गरेका थिए।  आज पञ्चायत सदस्य लगायत लगभग 500 जना तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्। लोकसभा चुनाउ भन्दा अघि यसरी पार्टीमा सामेल भएकोले पार्टीको शक्ति अझ बढेको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *