निर्दल प्रार्थी राजेश चौहानले क्रामाकपा-का नेताहरूबाट लिए आशीर्वाद

सोनादा: दार्जिलिङको रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका स्वतन्त्र उम्मेदवारको रुपमा आगामी जीटीए चुनाउमा उठेका राजेश चौहानले आफ्नो चुनाउ प्रचार कार्यक्रम लगातार जारी राखेका छन्। यसैक्रममा आज चौहानले चुनाउ प्रचार अवधि क्रामाकपा-का केन्द्रिय सदस्य केबी सुब्बा अनि बीएम राईलाई पनि तिनीहरुकै वासस्थानमा गएर भेट गरे। उक्त भेटपछि सोधिएको एउटा प्रश्नको जवाबमा तिनले यो भेट एउटा राजनैतिक भेट नभएर उहाँहरु जस्ता विज्ञ राजनीतिक व्यक्तित्वहरुको आशीर्वाद लिन गएको बताए। तिनीहरुसितको एउटा पुरानो र छुट्टै सम्बन्ध छ, त्यही सम्बन्धलाई अझ दह्रिलो बनाउनुको लागि गएको कुरा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *