निर्दल प्रार्थी सत्यवान छेत्रीद्वारा एआईडब्ल्युसी-का सदस्य चन्द्र प्रभा पाण्डेको बयानको विरोध

खरसाङ (निसं) : अल गोर्खा वुमन्स कन्फरेन्स-का सदस्याद्वारा नेपाली भाषालाई विदेशी भाषा भनी दिएको बयानको खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको निर्दलीय प्रार्थी सत्यवान छेत्रीले घोर विरोध जनाएका छन्। तिनले उक्त बयानको म घोर विरोध गर्दछु र मैले गर्न सक्ने सबै यसको लागि गर्नेछु भनी बताएका छन्। तिनले आफु क्षेत्रको विकासभन्दा पनि गोर्खा जातीय मुद्दालाई लिएर अघि बढ़ने व्यक्ति रहेको दावी गर्दै हिज मात्र यो कुरा चाल पाएकोले यसको घोर भर्त्सना जनाएका छन्। निर्दलीय प्रार्थी सत्यवान छेत्रीले अल ईण्डिया वुमेन्स कन्फ्रेन्स-को सदस्यालाई नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा सामेल छ भन्ने कुरा समेत थाहा छैन भन्दै प्रश्न गरेका छन्। यसको साथै तिनले यो गोर्खा जातिको लागि ठूलो प्रहार हो भन्दै हामीलाई बंगाल सरकारले मात्रै प्रहार गर्दै थियो भने अहिले केन्द्र सरकारले पनि प्रहार गर्न थालेका तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *