निर्देशक प्रताप सुब्बाको सम्मानको साथमा अन्तिम संस्कार

दार्जिलिङ : भारतीय नेपाली चलचित्रका ख्यातिप्राप्त निर्देशक प्रताप सुब्बाको पार्थिव शरीर आज अन्तिम संस्कार गरियो। आज तिनको पार्थिव शरीर निजी वासस्थानबाट निकालेपछि दार्जिलिङ शहरको  जीडीएनएस भवनमा श्रध्दाञ्जलि अर्पण गर्नलाई राखिएको थियो। यस अवसरमा विभिन्न संघ-संस्थाहरू, सिनेमा अनि साहित्य जगतका मानिसहरू लगायत विभिन्न ठाउँबाट आएका हजारौंको संख्यामा मानिसहरूले तिनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै शवयात्रामा हजारौंका संख्यामा मानिसहरू भेला भएका थिए। प्रताप सुब्बाको पार्थिव शरीरलाई आज दार्जिलिङमा हिन्दु धर्म अनुसार ससम्मानको साथमा अन्तिम संस्कार गरियो। सम्रण रहोस, भारतीय नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको निधन गत बिहीबार 16 मार्चको दिन 78 वर्षको उमेरमा सिलगढीमा भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *