निर्धारित समयभन्दा एक दिनअघि आवाजाहीको लागि खोलियो बालसन ब्रिज

सिलगढी : निर्धारित समयभन्दा एकदिन अघि बालसन ब्रिज आवाजाहीको लागि खोलिदिएको छ। आज बालसन ब्रिजमा आवाजाही शुरू गर्नअघि कमिश्नर गौरव शर्मा र मेयर गौतम देवले उक्त ब्रिजमा पैदल हिँडेर निरीक्षण गरेरछि वाहनहरू लगायत मानिसहरूलाई आवाजाहीको लागि खोलिदिने निर्देश दिए। स्मरण रहोस्, बालसन ब्रिजको कार्य समाप्त भएपछि वैकल्पिक बेली ब्रिजलाई खोल्नको लागि बालसन ब्रिज पूर्ण रूपमा बन्द राख्नको लागि पीडब्ल्युडीको तर्फबाट सिलगढी मेट्रोपोलिटन पुलिसलाई पत्राचार गरेपछि पुलिस कमिश्नरले 4 दिनसम्म उक्त ब्रिज पूर्ण रूपमा बन्द राख्ने निर्देश दिएका थिए। यसपछि पीडब्ल्युडीले तीव्र गतिमा बेली ब्रिज खोल्ने काम शुरू गरेर निर्धारित समयभन्दा अगावै 3 दिनको अवधिमै बेली ब्रिज खोलेपछि पीडब्ल्युडीका अधिकारीहरूले उक्त ब्रिजको निरीक्षण गरे। आज 22 अगस्तको बिहान कमिश्नर गौरव शर्मा र मेयर गौतम देवले बालसन ब्रिजको मजबूतीको निरीक्षण गरेपछि उक्त ब्रिज भएर आवाजाही गर्नको लागि ग्रीन सिग्नल दिए। निर्धारित समयभन्दा एक दिनअघि बालसन ब्रिज आवत-जावतको लागि खोलिदिएपछि साधारण मानिसहरू निक्कै खुसी छन्। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, बालसन ब्रिज आवाजाहीको लागि खोलिदिए तापनि केही प्रतिबन्धहरू रहेको छ। जस्तै बालसन ब्रिज भएर 6 चक्का वाहन भन्दा अधिक चक्का भएको मालवाहक वाहनहरूलाई आवाजाही गर्नमा रोक लगाइएको छ। उक्त ब्रिजमा पुलिसको विशेष नजरदारी रहनेछ। मेयर गौतम देवले भने, बालसन पुल क्षतिग्रस्त बनेपछि साधारण मानिसहरूलाई निक्कै समस्या भइरहेको थियो। तर पीडब्ल्युडीले पुजा अगावै उक्त ब्रिजको मरमति कार्य पुरा गरेपछि आजदेखि उक्त ब्रिज आवाजाहीको लागि खोलिदिएको छ। यसैगरी, पीडब्ल्युडी राष्ट्रिय राजमार्गका मुख्य अभियन्ता राजीव चट्टोराजले भने, पीडब्ल्युडी टोलीले निर्धारित समयभन्दा एक दिनअघि काम पुरा गरिदिएपछि उक्त पुल अब पूर्ण रूपमा यातायातको लागि तयार छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *