कालेबुङ : कवि निर्मल तामाङकृत कविता सङ्ग्रह “जब हावा चल्छ” आज लोकार्पण गरियो। उपमा प्रकाशनद्वारा प्रकाशित उक्त कविता सङ्ग्रह कालेबुङमा एउटा औपचारिक कार्यक्रमबीच उक्त कविता सङ्ग्रह लोकार्पण गरिएको प्रकाशक उमेश ‘उपमा‘ साथै कवि निर्मल तामाङले बताए। कवि निर्मल तामाङको यो पहिलो कृतिमा लगभग 50 वटा कविताहरू समावेश गरिएको छ भने पाठकलाई सुम्पिएको यस कविता सङ्ग्रहलाई लिएर उचित प्रतिक्रियाको अपेक्षा पनि कवि तामाङले राखेका छन्।
