निर्माणाधीन डा. लक्खीदेवी सुन्दास मार्गको निरीक्षण

जिङलाम : भारतीय नेपाली साहित्यका विदुषी नारी साहित्यकार डा.लक्खीदेवी सुन्दासको जन्मदिनकै छेक छेउ पारेर वहाँको नाममा जिङलाम चियाबारीको डाकवाला धुरा गाउँमा निर्माणाधीन अवस्थामा रहेको सडक मार्गको जीटीए अभियन्ता विभागीय प्रमुख अधिकारी करूणा प्रधानले स्थलगत निरीक्षण गरिन्। आगामी 27 मार्च साहित्यकार डा.लक्खीदेवी सुन्दासको 87 औं जन्मदिन हो। तिनको नाममा हाल जीटीए प्रशासनमार्फत तकदाह अभियन्ता विभाग अधिनस्थ टीटीभी रोडदेखि डाकवाला धुरा गाउँतिर जाने सडक मार्ग निर्माणाधीन अवस्थामा रहेको छ। उक्त मार्गको अभियन्ता विभागीय प्रमुख करूणा प्रधानले स्थलगत निरीक्षण गरेकी हुन्। तिनको साथमा तकदाह अभियन्ता विभागका प्रमुख अधिकारी नयन राई, उपप्रमुख अधिकारी ज्ञानेन्द्र लामा, अञ्जना मंग्राती, मेघराज प्रधान, सरोज गुरुङ लगायत ठेकेदारहरू दिलबहादुर गुरुङ, बुद्धिराज तामाङ, जेके बसेल आदि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *