निर्माण गरेको 30 दिनको अवधिमै भत्कियो सोनादा मिलिङ बस्तीको सडक  

सोनादा : सोनादादेखि केही मुनि मिलिङ बस्ती क्षेत्रमा भर्खरै निर्माण भएको रोड 25-30 दिनमा नै भत्किएको अवस्थामा पुगेको छ। मिलिङदेखि नाली चउरसम्म पुग्ने तीन किलोमीटरको सड़क मरमति कार्यमा सम्बन्धित विभागबाट लापर्वाही गरिदिएकोले उक्त सडकको राम्रो मरमति नभएको स्थानीयहरूले आरोप लगाएका छन्। विगत दुई तीन महिनादेखि निर्माण कार्य थालिएको र मरमति कार्य सकेर कम्पनी गएको 25-30 दिनमै बाटो भत्किन थालेपछि मीडिया अघि आएर मरमति कार्य गुणस्तरीय नभएको मिलिङका स्थानीयहरूले बताएका छन्। तीन किलोमीटरको बाटोमा सबै ठाउँ भत्किएको जनाउँदै माटोमाथि कारपेटिङ गरिएको, पुरानै ड्रेनमा लिपेको र नालाहरू पनि व्यवस्थित नभएको स्थानीयहरूले बताएका छन्। विशेष गरेर यो सड़कको मरमति कार्यको समय सम्बन्धित विभागबाट एकजना पनि कुनै दिन निरीक्षणमा नआएको स्थानीय मानिसहरूले आरोप लगाएका छन्। गाउँलेहरूले विभागको लापर्वाहीको कारणले सड़कको मरमति राम्रो नभएको आरोप लगाएका छन्। गाउँलेहरूको पक्षमा स्थानीय विशाल मुखियाले आफू कुनै राजनैतिक पार्टीको नभएको र आफू गाउँको भलो गर्न चाहने व्यक्ति मात्र रहेको बताउँदै मिलिङको 3 किलोमीटरको सड़क मरमति कार्य राम्रो नभएको साथै कार्य सकिएको 25-30 दिनमै भत्किन शुरू भएको र सड़कबाट माटो निस्कन थालेको, ड्रेन पनि राम्रो नभएको अनि यो मरमति कार्यले गाउँलेहरू सन्तुष्ट नरहेको बताए। तिनले अहिले बाटोको हालत खराब छ भन्दै यो सड़कको जिरोदेखि 3 किलोमीटर सबै क्षेत्रमा भत्किएको अवस्थामा रहेको र सड़कमा माटो र हिलो मात्र निस्केको बताए। मुखियाले मरमतिको समय विभागका मानिसहरू कुनै पनि दिन उपस्थित नभएको, भुल विभागको नै छ यसैले कम्पनीले लापर्वाही गर्दा बाटोको यस्तो खराब अवस्था भएको आरोप लगाएका छन्। तिनले यो माटो पेटीमा लिएर काम गर्दा बिग्रिन्छ भनेर नै यसपाली गाउँलेहरू सल्लाह गरेर सबै काम कम्पनीलाई दिएको तर मरमति कार्य सकिएको 30 दिन नपुगी यस्तो खराब अवस्था भएको बताउँदै अब सम्बन्धित विभागले आएर निरीक्षण गरी पहल गरिदिने पनि तिनले निवेदन गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *