मिरिक : तराईको निरपानिया बस्तीको माउण्ट जायन इङ्ग्लिस स्कुलले लकडाउन अवधिको स्कुल फिस लगायत आवश्यक शुल्कहरूमा छुट दिएकोबारे स्कुलका संस्थापक प्रिन्सिपल रिकमस प्रधानले आज जानकारी दिएका छन्। कोरोना महामारीको कारण हाल अभिभावकहरू आर्थिक संकटसँग जुझिरहेकोले गर्दा लकडाउन अवधिको स्कुल फिस अनि आवश्यक चार्जहरू नलिने स्कुल कर्तृपक्षले निर्णय लिएको तिनले बताए।