निर्भान रिञ्छेन लामा 93.4 प्रतिशत अंक ल्याएर उतीर्ण

दार्जिलिङ: दार्जिलिङको प्रतिष्ठित शैक्षिक संस्थान सेन्ट पल्स स्कूलका होनहार विद्यार्थी निर्भान रिञ्छेन लामाले यसपल्टको आईसीएसई परीक्षामा 93.4 प्रतिशत अंक हासिल गरेर पहिलो दर्जामा परीक्षा उतीर्ण गरेका छन्। तकदाह क्यानटोमेन्ट निवासी नर्बुजी लामा अनि श्रीमति अर्चना लामाको सुपुत्र निर्भान रिञ्छेन लामा सानै क्लासदेखि सेन्ट पल्स स्कूल दार्जिलिङमा अध्ययन गर्दै आइरहेका छन् भने तिनी सानै उमेरदेखि पढ्न लगायत अन्य विविध विधामा पनि तेज रहेको पारिवारिक सूत्र मार्फत थाहा लागेको छ। आईसीएसई परीक्षामा राम्रो अध्ययन गरे वापत् राम्रो अंक हासिल गर्न सकेकोमा निर्भान रिञ्छेन लामालाई अभिभावकगण तथा आफन्तजनले बधाई दिनको साथै भविष्यमा अझ राम्रो अंक ल्याउने आशिर्वाद अनि उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *