निर्वाचित जनप्रतिनिधि किन-बेचको विरोधमा गोर्खा स्वाभिमान सङ्घर्षको महिना व्यापी कार्यक्रम आजदेखि शुरू

दार्जिलिङ (निसं): निर्वाचित जन प्रतिनिधि किन-बेच गरेको आरोप लगाउँदै यसको विरोधमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले महिना व्यापी कार्यक्रम आजदेखि शुरू गरे। दार्जिलिङ शहरको क्यापिटल हलमा गोर्खा स्वभिमान सङ्घर्षले निर्वाचित जन प्रतिनिधि किनबेचको विरोधमा आझ एउटा कार्यक्रमको आयोजना गऱ्यो। आजको कार्यक्रममा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवार्डस, गोजमुमो केन्द्रीय उपाध्यक्ष आरपी वाइबा, प्रवक्ता किशोर भारती, नोमन राई लगायत अन्य केन्द्रीय नेतृत्वहरू अनि पहाडको अन्य राजनैतिक दलका केही नेतृत्वहरूले अंश ग्रहण गरेका थिए। कार्यक्रमको शुभारम्भमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीर अघि हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डस, आरपी वाइबा, नोमन राई आदिको बहुलीद्वारा दीप जलन गर्नको साथै खदा अर्पण गरे।


यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै अजय एडवार्डसले आजदेखि शुरू भएको विरोध कार्यक्रम दार्जिलिङ नगरपालिकालाई लिएर गरेको कदापि होइन। दार्जिलिङ नगरपालिकाको फ्लोर टेस्टको विरोधमा हामीले कोलकता हाई कोर्टको होली डे बेञ्चमा याचिका दायर गरेका थियौ,जसको सुनाई आज भयो अनि न्यायलयले हाम्रो याचिकालाई खारिज गरिदिएको छ तर हामीले सुप्रीमो कोर्टको वकिलहरूलाई आज नै कोलकतामा निम्ताएका छौ अनि हाम्रो अधिवक्ताहरूले सुप्रीम कोर्टको अधिवक्ताहरूसँग सुझाव लिएर सुप्रीम कोर्टमा याचिका दर्ता गर्नु पर्ने हो अथवा कोलकता हाई कोर्टमा नै याचिका दर्ता गर्नु पर्ने, त्यो निर्णय लिइनेछ। विपक्षीका साथीहरू दार्जिलिङ नगरपालिका कब्जा गर्न तयार छन् भन्दै एडवार्डसले भने, दार्जिलिङ नगरपालिका कब्जा गरेर गैरकानूनी कामहरू गर्न उनीहरू आतुर छन्। पहाडको तीनवटा नगरपालिकाहरू लगायत पञ्चायत चुनाउ हुने भएको छ। ती चुनाउहरूमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई रूपियाँ-पैसाको प्रलोभन देखाएर फेरि-फेरि किनबेच गर्न नसकोस् भन्ने उदेश्यले गणतान्त्रिक रूपमा महिना ब्यापी कार्यक्रमको आयोजना गरेको एडवार्डसले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *