निशकाम खालसा सेवा फाउन्डेसन-द्वारा रक्तदान शिविर

सिलगढी : रगतको कमी दूर गर्ने उद्देश्य लिएर निशकाम खालसा सेवा फाउन्डेसनद्वारा आज सिलगढीको हिलकार्ट रोड संलग्न एउटा होटलमा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा धेरैजना महिलाहरूले रक्तदान गरिन् भने शिविरमा संग्रहित गरिएको रगत तराई ब्लड ब्याङ्कमा पठाइनेछ। निशकाम खालसा सेवा फाउन्डेसनका सदस्य एसपी सिंह सलुजाले बताएअनुसार सहरमा रगतको कमी दूर गर्ने गर्ने उद्देश्य लिएर आज संस्थाको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको हो। तिनले सबैलाई अघि आएर रक्तदान गर्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *