निशिथ प्रामाणिकको काफिलामाथि हमला गरेको अभियोग, सिताईमा उत्तेजनाको माहौल

कुचबिहार : पार्टीका कार्यकर्ताहरूसित भेट गर्न गइरहेको समय केन्द्रीय राज्य मन्त्री निशिथ प्रामाणिकको काफिलालाई केन्द्र गरेर हमला गरेको अभियोग उठेको छ। उक्त घटनाले उत्तेजनाको माहौल देखापर्यो। तथापि, केन्द्रीय राज्य मन्त्री निशिथ प्रामाणिकले सोझै अभियोग नलगाएको बताइएको छ। आज निशिथ प्रामाणिक सिताई विधानसभा केन्द्रमा भाजपा कार्यकर्ता तथा समर्थकहरूको घरमा गइरहेको समय बाटोमा सिताई विधानसभा इलाकामा पस्न साथ तिनलाई कालो झण्डा देखायो। यस अवधि निशिथ प्रामाणिकको साथमा रहेको भाजपा कार्यकर्ताहरू र विक्षोभकारीबीच विवाद हुनको साथै हातापाई समेत भएको बताइएको छ। सपछि पुलिसले परिस्थिलाई नियन्त्रणमा ल्यायो। अर्कोतिर, तृणमूलले यी सबै आरोपहरू अस्वीकार गर्दै भाजपाको गुटमाझको झगडा हो भनी दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *