निशीथ प्रमाणिकमाथि हमला गरेकोमा भाजपा-द्वारा सिलगढीमा थाना घेराउ गरेर विरोध प्रदर्शन

सिलगढी : दिनहाटाको बुरिरहाटमा हिजो केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकमाथि हमला गरेको आरोप लगाउँदै आज राज्यभरिमै भाजपा-ले थाना घेराउ कार्यक्रम गर्यो। यसै क्रममा भाजपा सिलगढी सांगठनिक जिल्लाले पनि सिलगढीमा प्रधाननगर थाना घेराउ गरेर विरोध प्रदर्शन गर्यो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज मल्लागढीस्थित खुदीरामको सालिग अघिबाट एउटा रयाली निकालेर प्रधाननगर थाना पुगे। यस अवसरमा भाजपाका दुईजना विधायक आनन्दमय बर्मन र दुर्गा मुर्मू पनि उपस्थित थिए। विधायक आनन्दमय बर्मनले भने, भारतका गृह राज्य मन्त्री पश्चिम बंगालमा सुरक्षित छैनन्। तिनको काफिलामाथि हमला गरियो। पुलिसले पक्षपातको काम गरिरहेको छ। भाजपा कार्यकर्ताहरूमाथि झुटो मामिला लगाइरहेको छ। यो सरकार धेरै दिनसम्म चल्ने छैन। आगामी पञ्चायत चुनाउ निष्पक्ष रूपमा सम्पन्न भए भाजपा अवश्य सत्तामा आउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *