निष्पक्ष जाँचको मागमा पीड़ित परिवारद्वारा पुलिस अधिकारीलाई ज्ञापन

सिलगढी : सड़क दुर्घटनामा गत 21 फरवरीको दिन मृत्यु भएको खरसाङ दुधे निवासी सौरभ थामीको परिवारका सदस्यहरूले आज निष्पक्ष जाँचको माग गर्दै सिलगढी पुलिस अधीक्षकसँग भेट गरेर एउटा ज्ञापन चढाए। गत 21 फरवरीको दिन बाघडुग्रा नजिक एउटा सड़क दुर्घटनामा सौरभ थामीको आकस्मिक मृत्यु भए तापनि यसबारे आफूहरूलाई तीन दिनपछि मात्र पुलिसले खबर दिएको मृतकका बाबु भक्ते थामीले बताए। आफ्नो छोराको हत्या गरिएको साथै पुलिसले उक्त घटनालाई सड़क दुर्घटनाको रूप दिइरहेको मृतकका बाबुको आरोप रहेको छ। मृतकका बाबुले यस घटनाबारे प्रश्न चिन्ह खडा गर्दै गत 21 फरवरीको दिन उक्त दुर्घटना भए तापनि यसबारे आफूहरूलाई 23 फरवरीको दिन मात्र जानकारी दिएको आरोप लगाएका छन्। मृतकका परिवारका सदस्यहरूले सिलगढी पुलिस अधीक्षकसँग यस मामिलाको जाँच गरिरहेका बाघडुग्राका एएसआई-ले निष्पक्ष जाँच नगरेको तिनले आरोप लगाए। यदि पुलिसले उक्त घटना सड़क दुर्घटना नै हो भन्ने प्रमाणित नगरे सौरभका हत्याराहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर उचित सजाय दिने मृतकका परिवारका सदस्यहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *