निःशुल्क आँखा जाँच शिविरको आयोजना

राजगञ्ज : आमबारीमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। राजगञ्जको आमबारी यङस्टार क्लबको पहलमा तथा सिलगढीको एउटा गैर सरकारी अस्पतालको सहयोगमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा सयभन्दा अधिक मानिसहरूले आँखा जाँच गराए। यस विषयमा क्लबका सदस्य प्रतीम रायले भने, आज क्लबको पहलमा आँखा जाँच शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा स्थानीय असहाय धेरैजना मानिसहरूले आँखा जाँच गराए। आगामी दिनमा पनि यस प्रकारको शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *