निःशुल्क आँखा जाँच शिविर

अलिपुरद्वार :  अलिपुरद्वार जिल्ला पुलिसको पहल एवम् कुमारग्राम थानाको आयोजनामा आज 31 नम्बर राष्ट्रिय राजमार्गको गुयाबारी टोल गेटमा आँखा जाँच शिविरको आयोजना गरियो। उक्त सडक भएर आवत-जावत गर्ने वाहनका चालकहरूलगायत इलाकामा मानिसहरूले शिविरमा निःशुल्क आँखा जाँच गराए। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलका कर्मीहरूले शिविरको परिचालना गरेको साथै लगभग 2 सय मानिसहरूले उक्त शिविरमा आफ्नो आँखाको जाँच गराए। यस अवसरमा कुमारग्राम थाना आईसी बासुदेव सरकार, कामाख्यागुढी आउटपोस्टका ओसी नयन दास, बारोबिसा पुलिस आउटपोस्टका ओसी लाक्पा लामालगायत अन्य उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *