निःशुल्क चिकित्सा शिविर

नक्सलबारी : तिब्बतीयन मेडिकल क्लीनिक सालुगढाको आयोजनामा आज भारत नेपाल सीमा नजिक खोरीबारी खण्डको भातगाउँमा निःशुल्क चिकित्सा शिविरको आयोजना गर्यो। उक्त शिविरमा नेपाल, बिहार तथा बङ्गाल क्षेत्रका धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए। यसको साथै रोगीहरूलाई निःशुल्क रूपमा दबाई पनि वितरण गरियो। प्रत्येक महिना एकपल्ट स्वास्थ्य जाँच शिविरको आयोजना गर्दै आइरहेको चिकित्सक पासाङ डोल्माले बताइन्। उक्त शिविरमा तिब्बतीयन मेडिकल क्लीनिक सालुगढाको विभिन्न पदाधिकारीलगायत अन्य कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *