निःशुल्क कोचिङको आज अन्तिम दिन

सिलगढी : बिहारी कल्याण मञ्चको तर्फबाट माध्यमिक विद्यार्थीहरूको लागि शुरू गरिएको चौथो कोचिङ सेन्टरको  आज अन्तिम दिन सबै परिक्षार्थीहरूलाई परीक्षा  सम्बन्धी सामग्रीहरू प्रदान गर्नको साथै परीक्षाको अग्रिम शुभकामना पनि दिइयो। आर्थिक अभावको कारण केही परिक्षार्थीका परिवारका सदस्यहरूले तिनका छोरा-छोरीहरूलाई कोचिङ दिन असमर्थ भएकोले गर्दा बिहारी कल्याण मञ्चद्वारा तीन वर्ष अघिदेखि नै उक्त विद्यार्थीहरूको लागि नयाँ  पहल शुरू गरेको थियो। आवश्यकमन्द विद्यार्थीहरूले माध्यमिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्नसकोस् एवम् तिनीहरूलाई कोचिङको सुविधा उपलब्ध होस् भन्ने उद्देश्य लिएर मञ्चद्वारा निःशुल्क कोचिङ सेन्टर शुरू गर्ने निर्णय लिएको थियो। यस वर्ष कोचिङ सेन्टरमा हिन्दी, बङ्ग्ला, नेपालीलगायत अन्य विभागका मोठ 198 जना माध्यमिक परिक्षार्थीले कोचिङ सेन्टरमा अध्ययन गरे। आजको कार्यक्रममा मुख्य रूपमा डिस्टिक जज उत्तम शाह, सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य, समाजसेवी कुन्तल गोस्वामी, सुजीत राहा, बिहारी कल्याण मञ्चका चेयरम्यान गणेश त्रिपाठी, अध्यक्ष बिपिन बिहारी गुप्ता, सचिव कर्मवीर सिंहलगायत विभिन्न स्कूलका शिक्षक एवम् शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *