निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविर

सिलगढी : शिवरात्रिको अवसरमा सिलगढीको सेठ श्रीलाल मार्केट व्यवसायी समितिको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच एवम् रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरको सिलगढी नगरनिगमको 12 नम्बर वार्ड काउन्सिलर नान्टु पालले विधिवत् रूपमा उद्घाटन गरे। उक्त शिविरमा 1 सय युनिट रगत सङ्ग्रह गरेर लायन्स क्लब ब्लड ब्याङ्कमा पठाइयो। उक्त समितिले प्रत्येक वर्ष शिवरात्रिको अवसरमा निःशुल्क स्वास्थ्य जाँच एवम् रक्तदान शिविरको आयोजना गर्दै आइरहेको बताइएको छ। उक्त शिविरमा सिलगढी नगरनिगमका वार्ड काउन्सिलर मञ्जुश्री पाल, सेठ श्रीलाल मार्केट व्यवसायी समितिका सेक्रेटरी खोकन भट्टाचार्य, समाजसेवी बाबलु तालुकदारलगायत अन्य व्यवसायीहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *