निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी : एसोसिएशन अफ् फेसबुक फ्रेन्ड्सको आयोजनामा स्वर्गीय मधुसुदन अधिकारीको स्मरणमा आज निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। शिविर अवधि पार्षद दुर्गा सिंहले मधुसुदन अधिकारीको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जलि दिए। सिलगढीको जलपाईमोड़ संलग्न इलाकामा आयोजना गरिएको उक्त शिविरमा धेरैजना मानिसहरूले आफ्नो आँखा जाँच र सुगर जाँच गराए। उक्त शिविरको आयोजनमा सिलगढी लायन्स नेत्रालयले पनि सहयोग पुर्‍याइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *