निःशुल्क स्वास्थ्य जाँच शिविर

सिलगढी : एनजेपी थानामा आज एउटा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। यस अवसरमा पुलिस अधिकारी, स्थानीय व्यवसायीहरू लगयात इलाकाका मानिसहरू उपस्थित थिए। स्मरण रहोस्, सिलगढी मेट्रोपलिटन पुलिसले गत 11 जनवरीदेखि 17 जनवरीसम्म सड़क सुरक्षा सप्ताह पालन गर्यो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार प्रत्येक वर्ष झैँ यसपल्ट पनि राज्यभरि नै सेफ ड्राइभ सेभ लाइफबारे मानिसहरूमाझ जागरुकता फैलाइयो। शुक्रबार सड़क सुरक्षा सप्ताहको अन्तिम दिन भए तापनि आज एनजेपी थानामा उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *