नि:शुल्क स्वास्थ्य जाँच शिविर गरिने

खरसाङ : खरसाङ सामी लाखाम गुम्बा 3 को आयोजनमा आगामी 12 दिसम्बर खरसाङको रेलवे इन्स्टीट्युटमा नि:शुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरूलाई जानकारी गराउँदै गुम्बाको धर्म गुरु पेम्बा रिम्पोर्छेले भने, हामीले सरकारलाई सघाउने कार्य अन्तर्गत यो कोभिड महामारीको समय स्थानीय जनताको सुविधाको लागि नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम गर्ने निधो गरेका हौं। तिनले उक्त स्वास्थ्य जाँच शिविरमा भियन आई केयरबाट आखाँको र दाँतको डाक्टर पनि उपस्थित रहने जानकारी दिएका छन्। यसको साथै जापानिज टेक्नोलोजीको साथमा जनसाधारणले चाहेको खण्डमा सम्पूर्ण शरीरको चेक पनि गरिने र यसको लागि सामी लाखाङ गुम्बाले पचास प्रतिशत खर्च बेहोर्ने र पचास प्रतिशत मात्र जनताले खर्च गर्नपर्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *