नि:शुल्क स्वास्थ्य जाँच शिविर

तकदाह : लाब्दा ट्राइबल एसोसिएसन दोङग छोइलिङ सार्वजनिक बौद्ध गुम्बा लाब्दा अनि महाराजा क्याट्रिङको संयुक्त आयोजनामा आज लाब्दा ग्राम सेभोक प्राथमिक पाठशाला जनमैदानमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा 170 बिरामीहरूले नि:शुल्क स्वास्थ्य जाँच गराए। उक्त शिविरमा तकदाह खण्ड स्वास्थ्य विभागका डा. राजेश कुमार सिंह, डा. दोर्जी भुटिया, डा. अरुप घोषाल, डा. मानस दास, क्षयरोग विशेषज्ञ रुपेश सिङदेन लगायत स्थानीय समाजका संघ-संस्थाहरूले सहयोग पुराएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *