निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

सुकेपोखरी : लोहिया कम्पनीको चामोङ ग्रुप अफ् गार्डन अन्तर्गत चामोङ चियाबारी प्रबन्धन पक्ष तथा फेमिली प्लानिङ एसोसिएसन अफ् इण्डिया कालचिनी ब्लकको संयुक्त पहलमा अनि गोदामधुरा गाउँका युवाहरूको विशेष सहयोगमा चियाश्रमिक तथा स्थानीय मानिसहरूको निम्ति निःशुल्क स्वास्थ्य जाँच शिविरको सम्पन्न गरियो। कोरोना महामारीको समयमा मानिसहरूको सुविधाको निम्ति उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना बताइएको छ।


कारखाना परिसरमा सम्पन्न उक्त शिविरमा डीटीएमए हस्पिटल दार्जिलिङकी विशेषज्ञ डाक्टर याश्मी तामाङ, फेमिली प्लानिङ एसोसिएशन अफ् इण्डिया कालचिनी ब्लकका प्रशान्त ठटाल एवम् सहयोगी तथा प्रबन्धकपक्षको विशेष उपस्थिति रहेको थियो। उक्त शिविरमा 120 जना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए भने डाक्टरहरूले उचित परामर्श दिनको साथै औषधि पनि वितरण गरे। उक्त निःशुल्क शिविरको आयोजना गरेकोमा प्रबन्धक पक्षबाट सहयोगी सबैप्रति आभार प्रकट गरेको छ।


One thought on “निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *