निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरको आयोजना

सिलगढी : राइजिङ होप वेलफेयर सोसाइटीको तर्फबाट निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरको आयोजना गरियो। शिवमन्दिरको अठारखाई सार्वजनिक खेल मैदानमा आज निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको जाँच गरियो। यस अवसरमा संगठनका अध्यक्ष सञ्जीव सिन्हा, स्त्रीरोग विशेषज्ञ काजल कुमारी, जेनरल फिजिसियन अनिमेष झा लगायत संगठनका सचिव देवप्रिय सरकार, कौशिक गुह, अम्बिका बसाक, सोमा मण्डल, बिजिता प्रामाणिक एवम् अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *