निःशुल्क स्वास्थ्य तथा रक्तदान शिविर

सिलगढी : मिलनपल्ली युवक वृन्दको तर्फबाट सिलगढीको एसएफ रोडस्थित सोमानी मिल नजिक निःशुल्क स्वास्थ्य र रक्तदान शिविरको आयोजना गरियो। मिलनपल्ली युवक वृन्दका सचिव अभिजीत दे विस्वासले दिएको जानकारीअनुसार निःशुल्क स्वास्थ्य र रक्तदान शिविरमा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराउनको साथै रक्तदान पनि गरे। उक्त रक्तदान शिविरमा मोठ 47 युनिट रगत संग्रह गर्यो। सङ्ग्रह गरेको उक्त रगत सिलगढी तराई लायन्स ब्लड ब्याङ्कमा पठाइयो। यसको साथै लगभग 4 सय आवश्यकमन्दहरूलाई कम्बल पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *