नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धिको विरोधमा तृणमूल युवा कङ्ग्रेसद्वारा प्रतिवाद र्‍याली

फाँसीदेवा : पेट्रोल-डीजल, ग्यास तथा नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको विरोध जनाउँदै आज फाँसीदेवामा तृणमूल युवा कङ्ग्रेसद्वारा प्रतिवाद र्‍यालीको आयोजना गरियो। तृणमूल युवा कङ्ग्रेसद्वारा फाँसीदेवाको लिउसीपाकडी मोडबाट एउटा प्रतिवाद र्‍याली निकाल्यो। उक्त र्‍यालीमा फाँसीदेवा ब्लक युवा तृणमूल कङ्ग्रेस सभापति अक्तार अली, तृणमूल ब्लक सभापति आमिनुल हक लगायत तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा अक्तार अलीले भने, पेट्रोल-डीजल, ग्यास तथा नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको विषयमा केन्द्र सरकारले कुनै पहल नगरे आगामी दिनमा आन्दोलन गर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *