नित्य प्रयोजनीय समानको मूल्य वृद्धिको प्रतिवादमा खोरीबारीमा युवा तृणमूल–द्वारा र्‍याली

खोरीबारी : पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगायत नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धिको प्रतिवादमा खोरीबारी ब्लक तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज एउटा र्‍याली निकालिइयो। खोरीबारी तृणमूल कङ्ग्रेस कार्यालयबाट आज एउटा र्‍याली निकालेर खोरीबारी बजार हुँदै विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा पार्टी कार्यालयमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा खोरीबारी युवा तृणमूल सभापति किशोरीमोहन सिंह, जिल्ला युवा सचिव सुरजीत दास, महिला नेत्री डालिया चन्द, छात्र चेयरम्यान अरिजीत देवनाथ लगायत अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा किशोरीमोहन सिंहले भने, पेट्रोलियम पदार्थ लगायत दैनिक प्रयोजनीय सर-समानको लगातार मूल्य वृद्धि भइरहेकोले यसको विरोध जनाउँदै आज धिक्कार र्‍याली निकालिइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *