एनजीओ क्राई-द्वारा रोहिणीमा शिक्षक दिवस पालन

खरसाङ (निसं): शिक्षक दिवसको अवसरमा एनजीओ क्राई-द्वारा रोहिणी चिया बगानमा शिक्षक दिवस पालन गरियो। यस अवसरमा बाल-बालिकाहरुले नृत्य, गीत प्रस्तुत गरेर सचेतनामूलक कार्यक्रमहरु प्रस्तुत गरे। क्राई एनजीओ कन्सल्टेन्ट शिक्षिका पूजा कालिकोटेले नानीहरूलाई सचेतना गराउँदै महिला जातिमा हुने मासिक धर्मको बारेमा जानकारी गराउँदै यसबाट कसरी स्वास्थ रहनु पर्ने विषयमा जानकारी दिइन्। तिनले यस्तो स्थितिमा लाज मान्नु पर्ने कुरा छैन किनभने यो एक प्राकृतिक प्रक्रिया हो भन्दै यसको बारेमा कुरा वा मासिक धर्म हुँदा कसरी आफ्नो स्वस्थ्यलाई ध्यान दिनुपर्ने भन्ने बारे जानकारी गराइन्। यदि कुनै बालिकालाई महिनावारी सम्बन्धी कुनै पनि प्रकारको समस्या छ भने आफ्ना अभिभावक, साथी-भाइ वा शिक्षिकाहरूसँग कुरा गर्नु पर्ने सुझाउ राखिन्। कार्यक्रममा शिक्षिका परीक्षा विश्वकर्मले प्रविधि र यसको महत्त्वबारे जानकारी गराइन्। यस अवसरमा रोहिणी कोठी डाँड़ा प्राथमिक विद्यालयका शिक्षक सुन्दर राईले सम्पूर्ण एनजीओ टोली र चिया बगानका बाल-बालिकाहरूलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *