एनजेपी-कुचबिहार इलेक्ट्रिक ट्रेन परिसेवा चाँडै शुरू गरिने

जलपाईगढी : एनजेपीदेखि कुचबिहारसम्म चल्ने इलेक्ट्रिक ट्रेन परिसेवा शुरू हुने भएको छ। अलिपुरद्वारका एडीआरएम एनके जिन्दलले आज जलपाईगढी रोड स्टेशनको निरीक्षण गरे। यस अवसरमा रेलवेका अन्य अधिकारीहरू उपस्थित थिए। रेलवे सूत्रले दिएको जानकारी अनुसार इलेक्ट्रिक ट्रेनको सञ्चालनको लागि  बिजुली जडान गरिने कार्य पुरा भइसकेको छ भने ट्राइलको रूपमा यस रूट भएर इलेक्ट्रिक ट्रेन चलाएको बताइएको छ। अब केवल समयको प्रतीक्षा रहेको छ। नयाँ वर्षमा इलेक्ट्रिक लाइनमा ट्रेन चल्ने रेलवे प्रबन्धनले आशा साँचेका छन्। आज एडीआरएम एनके जिन्दल अलिपुरद्वारदेखि जलपाईगढी रोड स्टेशनको निरीक्षण गर्नको लागि एउटा विशेष ट्रेनमार्फत् आइपुगे। तिनले इलेक्ट्रिक ट्रेनको बुनियादी ढाँचाको निरीक्षण गरेको बताउँदै आगामी 4 जनवरीमा डीआरएम आउने जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *