एनजेपी-पटना बन्दे भारत एक्सप्रेसको प्रधानमन्त्रीद्वारा भर्चुअल उद्घाटन

सिलगढी: लोकसभा चुनाउअघि उत्तर बङ्गालका मानिसहरूले अझ एउटा नयाँ बन्दे भारत एक्सप्रेस उपहार स्वरूप पाएका छन्। एनजेपी-पटना बन्दे भारत एक्सप्रेसको प्रधानमन्त्री नरेन्द्र मोदीले आज भर्चुअल उद्घाटन गरे। उक्त बन्दे भारत एक्सप्रेस आगामी 14 मार्चदेखि नयाँ स्टेसन भएर चल्नेछ। एनजेपीबाट तेस्रो बन्दे भारत एक्सप्रेसको चलाचल शुरू भएको छ। यसभन्दा अघि एनजेपी-हावडा र एनजेपी-गुवाहाटी बन्दे भारत एक्सप्रेस शुरू भइसकेको छ। उद्घाटन कार्यक्रममा एनजेपी स्टेसनमा एनएफ रेलवे कटिहार डिभिजनका डीआरएम, मुख्य जनसम्पर्क अधिकारी लगायत अन्य रेलवे कर्मचारीहरू उपस्थित थिए। सांसद जयन्त राय, विधायक शङ्कर घोषले नयाँ बन्दे भारत एक्सप्रेसलाई हरियो झन्डा देखाएर प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *