एनजेपीबाट एकजना जीवित नवजात शिशु उद्धार

सिलगढी : एनजेपी अम्बिका नगरको रेलवे आरओएच कार्यालय नजिक आज बिहान एकजना जीवित नवजात शिशु कन्या उद्धार भएको छ। स्थानीय रेलवे कर्मीहरूले उक्त नवजात शिशुलाई उपचारको लागि रेलवे अस्पतालमा लगेको लगभग दुई घण्टा बितिसक्दा पनि कानुनी जटिलताको कारण अस्पताल कर्तृपक्षले कुनै उपचार नगरेको आरोप रहेको छ। यसपछि स्थानीय मानिसहरूले विरोध गरेपछि अन्तमा जीआरपी र पुलिसको उपस्थितिमा उक्त नवजात शिशुलाई उत्तरबङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा उपचारको लागि लगियो। अर्कोतिर,रेलवे अस्पताल कर्तृपक्षले आफुहरूमाथि लगाइएको यी सबै आरोपहरू झुटो रहेको दावी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *