एनजेपीबाट गेस्ट हाउस जाने क्रममा वाहन रोकिदिएको दिलीप घोषको आरोप

सिलगढी : भाजपाको उत्तरकन्या अभियानलाई रोक्ने उद्देश्य लिएर आज बिहानैदेखि पुलिस प्रशासन तत्पर रहेको छ। सडकको विभिन्न ठाउँहरूमा ब्यारिकेड लगाउनको साथै विशाल पुलिस बल सडकमा तैनाथ गरिएको छ। भाजपाको एउटा र्‍याली फुलबारीबाट शुरू भएर उत्तरकन्या जाने योजना रहेकोले पुलिस प्रशासनले आज बिहानैदेखि फुलबारी क्यानलको पुलमा ब्यारिकेड लगाएर सडक बन्द गरिदिएको छ। यसको साथै पुलिसले उक्त इलाकामा 144 धारा लागू गरिदिएको बताइएको छ उक्त इलाकामा कुनै प्रकारको जमघट भएको खण्डमा तिनीहरू विरुद्ध कठोर कार्वाही गरिने पुलिस सूत्रमार्फत् थाहा लागेको छ।


अर्कोतिर, भाजपाको उत्तरकन्या अभियानमा अंश ग्रहण गर्न भाजपा राज्य सभापति दिलीप घोष सिलगढी आइपुगेका छन्। ट्रेनबाट ओर्लिएपछि स्टेशनबाट गेस्ट हाउसतर्फ जाने क्रममा तिनको वाहन रोकिदिएको दिलीप घोषको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *