एनजेपीबाट पंजाबको भटिन्डाको लागि बुक गरेको पार्सलबाट लाखौँ रुपियाँको गाँजा उद्धार

सिलगढी मादक पदार्थ तस्करी गर्नको लागि अब पार्सलको उपयोग गरिरहेकोबारे आज एनजेपी आरपीएफले उजागार गरेको छ। एनजेपी आरपीएफले एनजेपीबाट पंजाबको भटिन्डाको लागि बुक गरेको पार्सलबाट गाँजा उद्धार गरेको छ। स्पेशल चेकिङ अवधि एनजेपी आरपीएफको टीमले आज कमर्शियल विभागमा पार्सलको छानबीन गर्दा सन्देह लागेर दुईवटा पार्सल खोलेर हेर्दा 87 किलोग्राम गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 8 लाख 70 हजार रुपियाँ आँकेको छ। अर्कोतिर, पार्सलभित्र मादक पदार्थ उद्धार भएपछि आरपीएफ पनि अचम्भित भएका छन्। उक्त पार्सल चन्दन कुमार नाम गरेको एकजना युवकले एनजेपीबाट भटिन्डाको लागि बुक गरेको थियो भने उक्त पार्सल बुक गर्ने युवक बिहारको समस्तीपुर निवासी रहेको थाहा लागेको छ। एनजेपी आरपीएफले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर जफत गरेको गाँजा जीआरपीलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *