सिलगढी : यसै महीनामा एनजेपी स्टेशनबाट हावड़ा र सियालदहबीच इलेक्ट्रिक ट्रेन परिसेवा शुरू गरिने भएको छ। गत केही दिनदेखि गुन्जरिया-एनजेपीलगायत विभिन्न मार्गहरूमा इलेक्ट्रिक ट्रेन परीक्षामूलक रूपमा चलाइरहेको छ। रेलवे सूत्रअनुसार एनजेपी-हावड़ा शताब्दी एक्सप्रेस, एनजेपी-मालदा प्यासेन्जर ट्रेन इलेक्ट्रिक इञ्जिनद्वारा चल्नेछ। दार्जिलिङ मेल तथा पदातिक एक्सप्रेस पनि यसै महीनाको अन्तदेखि इलेक्ट्रिक इञ्जिनको माध्यमद्वारा चल्ने भएको छ। आगामी 13 जनवरीदेखि उक्त परिसेवा शुरू गरिने बताइएको छ।