एनजेपीबाट टोय ट्रेन परिसेवा रद्द, घुम्न आएका पर्यटकहरू रूष्ट

सिलगढी : दार्जिलिङ घुम्न आएका पर्यटकहरूको लागि टोय ट्रेनमा यात्रा गर्नु मुख्य आकर्षणको केन्द्र हो। विशेष गरेर गर्मीको समयमा धेरै संख्यामा पर्यटकहरू दार्जिलिङ घुम्न आउने गर्दछन्। पर्यटकीय मौसममा अचानक एनजेपी स्टेसनबाट आज 10 बजीको टोय ट्रेनको यात्रा रद्द गरियो। यसले गर्दा पर्यटकहरू मन खिन्न गर्नको साथै कतिपय दार्जिलिङ घुम्न आउने पर्यटकहरूले क्षोभ प्रकट पनि गरेका छन्। आज तेलङ्गना, असम, कोलकाता लगायत विभिन्न ठाउँहरूबाट पर्यटकहरू एनजेपी स्टेसनमा आइपुगेका थिए। टोय ट्रेनमा चढेर दार्जिलिङ घुम्न जानको लागि धेरैजना पर्यटकहरूले अगावै टिकट काटेर स्टेसनमा प्रतीक्षा गरिरहेका थिए। टोय ट्रेनमा यात्रा गर्नको लागि पर्यटकहरू निक्कै उत्साहित थिए। तर ट्रेन छुट्नु भन्दा लगभग एक घण्टा अघि इञ्जिनमा खराबीको कारण टोय ट्रेन परिसेवा रद्द गरिएको बारे रेलवेको तर्फबाट सूचना जारी गरियो। यो खबर सुन्नसाथ धेरैजना पर्यटकहरूले मन खिन्न गर्नको साथै कतिपय पर्यटकहरूले क्षोभ समेत प्रकट गरेको देखियो। यसपछि टोय ट्रेनको यात्रा गर्न नपाए पनि तिनीहरू सडक मार्ग भएर दार्जिलिङतर्फ प्रस्थान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes