एनजेपी क्षेत्रबाट लाखौँ रुपियाँको पटेका जफत

सिलगढी : एनजेपी थाना पुलिसले सादा पोशाकमा एनजेपी संलग्न साउथ कोलनीमा अभियान चलाएर लगभग लाखौँ रुपियाँको पटेका उद्धार गरेको छ। तथापि घटनामा कसैलाई पक्राउ गरिएको छैन। यस वर्ष दिपावली र छठ पुजामा पटेका पड्काउन हाईकोर्टले निषेध गरे तापनि सिलगढी सहरको विभिन्न इलाकामा एकपछि अर्को गर्दै सिलगढी मेट्रोपलिटन पुलिसले अवैध पटेकाहरू जफत गरिरहेको छ। यसको साथै पुलिसले दिपावली तथा छठ पुजा अवधि कसैले पटेका नपड्काओस् भन्ने उद्देश्य लिएर सिलगढीको विभिन्न इलाकामा नजर राखिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *