एनजेपी ड्राई पोर्ट घटनाको प्रमुख प्रसनजीत असमबाट पक्राउ

सिलगढी : एनजेपी ड्राई पोर्ट घटनाको प्रमुख प्रसनजीत रायलाई असम पुलिसले पक्राउ गरेको छ। सिलगढी पुलिस कमिश्नरेटको एउटा टोली प्रसनजीतलाई सिलगढी ल्याउनको लागि असम प्रस्थान गरिसकेको छ भने आज नै तिनलाई सिलगढी ल्याइपुर्‍याउने बताइएको छ। स्मरण रहोस्, गत 4 फरवरीको दिन एनजेपी संलग्न इलाका ड्राई पोर्ट (बन्दरगाह)-मा स्थानीय कर्मचारीहरूको नियुक्ति गरिनुपर्ने विषयलाई लिएर एनजेपीका आईएनटीयुसी कर्मचारीहरूले ड्राई पोर्टमा तोड़फोड़ गरेका थिए। उक्त मामिलामा संलग्न रहेको आरोपमा पुलिसले यसभन्दा अघि केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ भने घटनाको प्रमुख प्रसनजीत राय निखोज रहेका थिए। तर पुलिसले गोप्य सुइँको आधारमा अभियान चलाएर तिनलाई असमबाट पक्राउ गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *